अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध सुरु हुन्छ- विप्लव

बिआरटीनेपाल २०८० मंसिर ९ गते ४:३७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध हुने चेतावनी दिनुभएको छ । रोल्पाको थवाङमा आयोजित १० औं पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले राजतन्त्र सहितका कतिपय षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने चेतावनी दिनुभएको हो । महासचिव विप्लवले चुनबाङ् बैठकको मर्म प्रचण्ड लगायतका नेताहरू नबुझेको समेत बताउनुभयो । विप्लवले भन्नुभयो, ‘चुनबाङ बैठकपछि काठमाडौ उत्रेका हौं । तर परिस्थिति उल्टो बन्यो । कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो ।’ विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेको स्पष्ट पार्नुभयो । जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौंमा पनि स्थापित गर्ने उद्देश्यसहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धी गुमेको विप्लवको तर्क थियोे ।

‘इमानदार माओवादीहरुले जनता, सहिद र घाइते बिर्सनु हुँदैन भन्ने हाम्रो जोड थियोे तर कतिपयले मन्त्री,सांसद र सम्पत्ति थुपारेपछि जनता भुलेको दाबी गरेका छन्’, उहाँले भन्नुभयो । विप्लवले भन्नुभयो, ‘हामी ज्युदैं छौं भन्न रोल्पा आएका हौँ । कतिपयले माओवादी जनयुद्धलाई अपराधीकरण गराउने खोजेको भन्दै यसको कडा प्रतिवाद गर्ने चेतावनी म यहीँबाट दिन चाहन्छु, पछिल्लो समय देशमा केही लुटेराहरु सल्बलाएका छन् । यो एकैछिनको नाटक हो । यो षड्यन्त्रको जमेर प्रतिबाद गरिन्छ,‘जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदै छ, षड्यन्त्रका सपना नदेखे हुन्छ ।’ विप्लवले मन्त्री र सांसद पदका लागि मात्रै पार्टी एकता नहुने समेत बबताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय