अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१० | Colorodo: 03:25

सिफल चौरमा दुर्गा प्रसाईंको प्रदर्शन

बिआरटीनेपाल २०८० मंसिर ९ गते ३:५७ मा प्रकाशित

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले शनिबार काठमाडौंको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गरेको छ। काठमाडौं जिल्ला प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न नदिएपछि प्रसाईंले सिफल चौरमा कार्यक्रम गरेको हो।

प्रसाईंको कार्यक्रममा सहभागी हुन देशका विभिन्न जिल्लाबाट सर्वसाधारण काठमाडौं गएका छन् । सर्वसाधारणमा पनि विशेषगरी लघुवित्त पीडितहरू छन्।अभियानले काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ प्रदर्शनस्थलबारे छलफल गरेको थियो। दुई पक्षबीच आन्दोलन शान्तिपूर्ण तवरले गर्ने सहमति पनि भएको थियो।

प्रसाईंको अभियानले बिहीबारबाट काठमाडौं उपत्यकामा प्रदर्शन थालनी गरेको हो। पहिलो दिन बल्खुमा आयोजना गरिएको कार्यक्रम निकै तनावपूर्ण भएको थियो। जिल्ला प्रशासन कार्यालयले शुक्रबार भने सुरक्षा चुनौती देखाउँदै तीनकुनेमा प्रसाईंलाई कार्यक्रम गर्न दिएको थिएन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय