अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३७ | Colorodo: 21:52

महिलामाथि हुने हिंसाका झन्डै ९० प्रतिशत आरोपित आफन्त

बिआरटीनेपाल २०८० मंसिर ८ गते ६:०३ मा प्रकाशित

महिलामाथि हुने हिंसाका अधिकांश घटना चिनजानकै व्याक्ति र आफन्तबाट हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयको अध्ययनले सो तथ्या खुलाएको हो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको प्रहरीले माहिला तथा बालबालिकामाथि हुने अपराध न्यूनीकरणका लागि सबै सरोकारवाला पक्ष सचेत रहनुपर्ने जनाएको छ ।

गत आर्थिक वर्ष २०७९/०८० मा महिला बालबालिकामाथि तीनहजार ६७८ घटना घटेको तथ्यांकले देखाएको छ । त्यसमध्ये सबैभन्दा बढी आफन्त र चिनजानकै व्याक्तिबाट हुने गरेको खुलेको हो । कुल घटनाको ८८ प्रतिशत आफन्त र चिनजानकै व्यक्तिबाट भएको अपराध अनुसन्धान विभागका एसएसपी डा. मनोज कुमार केसीले जानकारी दिनुभयो । प्रहरीले बालबालिका तथा महिला हिंसाविरुद्धको १६ दिने अभियान शुक्रबारदेखि सुरु गरेको छ ।

कार्यक्रमको उद्धघाटन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँरले प्रहरीले शून्य सहनशिलताका साथ महिला हिंसाविरुद्ध काम गर्ने बताउनुभयो । महिलामाथि यौनहिंसा, बहुविवाह, बालविवाह, तेजाप प्रहार, घरेलु हिंसा तथा जातीय छुवाछुतका घटना हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय