अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

आन्दोलनको समाधान वार्ताबाट खोज्न कमल थापाको आग्रह

बिआरटीनेपाल २०८० मंसिर ८ गते ५:५५ मा प्रकाशित

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आन्दोलनको समाधान प्रशासनिक दमनबाट नभई वार्ताबाट खोज्न सरकारसँग आग्रह गर्नुभएको छ । थापाले शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो आग्रह गर्नुभएको हो । उहाँले लेख्नुभएको छ,‘शान्तिपूर्ण विरोध प्रदर्शन,जुलुस र सभा गर्न पाउने संवैधानिक अधिकारको अपहरण गर्दै आज काठमाडौँमा जथाभावी धरपकड गर्ने,नजरबन्द गर्ने र प्रदर्शन निषेधगर्ने सरकारको निरंकुश र दमनकारी कार्यको राप्रपा नेपाल भत्सर्ना गर्दछ। प्रशासनिक दमनबाट होईन वार्ता र सहमतिको आधारमा समाधान खोजिनुपर्छ।’

व्यवशायी दुर्गा प्रसाईं र एमाले निकट युवा संघले बिहीबार काठमाडौँमा प्रर्दशन गरेका थिए। प्रसाईँ समूहका प्रर्दशनकारीसँग प्रहरीको झडप भएको थियो। केहि व्यक्ति घाइते समेत भएका छन्। प्रसाईँले शुक्रबार पनि आन्दोलन गर्ने भनेपनि प्रहरी र प्रशासनले कडाइ गरेको छ। सरकारको उक्त कदमको विभिन्न टिप्पणी भएका छन्। राप्रपा नेपालका अध्यक्ष थापाले आन्दोलनलाई दमन नगर्न पनि सरकारसँग आग्रह गरेका छन्। संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य,राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर काठमाडौंमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय