अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

अहिले व्यवस्थामाथि प्रश्न उठेको होइन : उपप्रधानमन्त्री खड्का

बिआरटीनेपाल २०८० मंसिर ८ गते ५:३३ मा प्रकाशित

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको प्रश्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथिको नभएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको प्रश्न व्यवस्थामाथि नभएर नेतृत्वले काम गर्ने प्रक्रिया र शैलीमाथि रहेको दाबी गर्नुभयो ।समयले माग गरेअनुसारको काम गर्न नसक्दा प्रश्न उठेको उहाँको भनाइ थियो ।

रक्षामन्त्री खड्काले संघ, प्रदेश र स्थानीय सरकार सञ्चलनका क्रममा सुशासन र जनताको चाहनाअनुसारको अपेक्षालाई केन्दबिन्दुमा राखेर तिब्र गतिमा गर्नुपर्ने सुधारहरु ध्यान केन्दित गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नकारात्मक र भ्रमपूर्ण प्रचारले समाजमा नकारात्मक रुपमा प्रभाव पारेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय