अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

ईजराईल हमास युद्धविरामको स्वागत गर्दै नेपालले भन्यो– ‘विपिन जोशीको तत्काल रिहाइ होस्’

बिआरटीनेपाल २०८० मंसिर ७ गते ५:३३ मा प्रकाशित

नेपाल सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ ।परराष्ट्र मन्त्रालयले आज बिहीवार एक विज्ञप्ति निकालेर मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि भएको सहमतिको स्वागत गरेको हो ।

कतार, अमेरिका र इजिप्टको कुटनीतिक प्रयासमा भएको सहमतिको नेपालले सराहना गरेको छ । सरकारले नेपाली विद्यार्थी विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग पुनः आह्वान पनि गरेको छ । हिजो बुधवार इजरायल र हमासबीच युद्धविरामको सहमति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय