अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३
| Colorodo: 18:18
बिहीबार काठमाडौँका अलग–अलग स्थानमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले प्रदर्शन गरेका छन् । जसअनुसार युवा संघले तीनकुने र प्रसाईं समूहले बल्खुमा प्रदर्शन गरेका हुन् । बल्खुमा आयोजित कार्यक्रममा अभियन्ता प्रसाईंलगायतले सम्बोधन गर्नुभयो ।
प्रदर्शन अनियन्त्रित हुन नदिन उपत्यकामा आज उच्च सुरक्षा सतर्कता अपनाइएको छ । संभावित जोखिमलाई मध्यनजगर गरी उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना लागू गरेको थियो ।
यसैबीच, बल्खु चोकमा दुईपक्षबीच ढुंगामुढा भएको थियो । प्रदर्शनकालागि जम्मा भएका व्यक्तिले एक्कासी ढुंगामुढा गरेपछि ढुंगा हानाहान भएका थियो । तर सुरक्षाकर्मीले तत्कालै स्थितिलाई नियन्त्रणमा लिएका थिए ।
