अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:११ | Colorodo: 11:26

काठमाडौंको तीनकुनेमा युवा संघको प्रदर्शन

बिआरटीनेपाल २०८० मंसिर ७ गते ५:०७ मा प्रकाशित

नेकपा एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेत लगायत युवासंघका नेता, कार्यकर्ताहरु सहभागी थिए ।

युवा संघका नेता कार्यकर्ताहरूले पार्टीको झण्डासहित तीनकुनेमा बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले भ्रष्टाचार, अपराध लगायतका बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेर बिरोध जनाएका छन् । सहभागी प्रदर्शनकारीहरुले अति भयो अन्याय र अत्याचार, कति सहने राज्य आतंक रु गणतन्त्र विरोधीहरु होशियार लगायतका प्लोकार्ड र व्यानर बोकेर विरोध जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय