अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

बिहीबार उपत्यकामा एकीकृत सुरक्षा योजना लागू गरिने

बिआरटीनेपाल २०८० मंसिर ६ गते ६:०७ मा प्रकाशित

उपत्यका प्रहरी कार्यालयले बिहीबारका लागि एकीकृत सुरक्षा योजना लागू गरिने जनाएको छ । परस्पर विरोधी दुई पक्षको प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्थालाई चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको जनाएको हो ।कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक प्रदेश सिंह हमाल र नेपाली सेनाका कर्णेल सहितको ‘संयुक्त टिम’ गठन गरिएको छ । सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको छ ।

प्रदर्शनस्थल र जुलुस आउने बाटोमा १ हजार बढी सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौंमा करिब २ हजार ५ सय, ललितपुरमा ५ सय बढी र भक्तपुरमा ४ सय जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिने छ । यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुने पनि जनाइएको छ । यस्तै, थप दुई वटा ड्रोनबाट प्रदर्शनको निगरानी गरिने जनाइएको छ । यसैगरी प्रदर्शन स्थलमा मोबाइल नेटवर्क सम्बन्धि २ वटा ज्यामर भेहिकल प्रयोग गरिने पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय