अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

जनताको मौलिक हक अधिकार पूर्णरूपमा स्थापित हुन सकेन : देउवा

बिआरटीनेपाल २०८० मंसिर ५ गते ६:५३ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानुनको अभावमा जनताको मौलिक हक अधिकार पूर्णरूपमा स्थापित हुन नसकेको बताउनुभएको छ । नेपाल ड्रेमोक्रटिक लयर्स एसोसिएसन ९डीएलए नेपाल०को ३४ औँ स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा नागरिकको हक अधिकारको कुरा राखिएपनि कानुनको अभावमा उक्त हक अधिकार पूर्णरूपमा स्थापित हुन नसकेको बताउनुभएको हो ।

सभापति देउवाले संविधानमा उल्लेख नागरिकको हक अधिकार स्थापित गर्नका लागि आवश्यक कानुन बनाउन सबै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । देउवाले अहिलेको व्यवस्थामाथि केहीले प्रश्न गर्न थालेको भन्दै सबै मिलेर यसको उचित जवाफ दिनुपर्ने जिकिर गर्नुभयो । संविधानको रक्षा र परिवर्तनका साथै व्यवस्थामाथिको भ्रम चिर्न वकिलहरूले पनि आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्ने उहाको भनाई छ ।

सभापति देउवाले समयमा नै फैसला नहुने सर्वोच्चको अवस्थालाई अन्त्य गरी छिटो छरितो फैसला हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासन र विधिको शासन स्थापित गर्न स्वच्छ निष्पक्ष न्यायापालिका आवश्यक हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय