अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२५ | Colorodo: 16:40

टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश अस्विकार

बिआरटीनेपाल २०८० मंसिर ५ गते ६:०६ मा प्रकाशित

सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश विनोद शर्माको ईजलासले टीकटक बन्द गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै दायर भएको निवेदनमाथि सुनुवाई गर्दै अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो ।

यस्तै, ईजलासले उक्त रिटमा १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारको नाममा कारण देखा आदेश गरेको छ । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदातमा १० वटा रिट परेको थियो । सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय