अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५७
| Colorodo: 12:12
इलाममा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा बस दुर्घटना हुँदा ३६ जना यात्रु घाइते भएका हुन् ।११–१२ वर्षको देखिने एक बालकको अहिले पनि रुखमा अड्किएको अवस्थामा रहेको र उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदैगर्दा अर्याल चोक नजिकै राजमार्गबाट खसेर दुर्घटना भएको हो । बसमा सवार ३७ मध्ये सबैजसो यात्रु घाइते भएको अनुमान गरिएको छ । घटनास्थलमा उद्धार कार्य जारी छ । केहीलाई उद्धार गरी उपचारका लागि झलागी लगिएको छ ।
