जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न नेकपा ९एमाले० को स्वयंसेवक टोली काठमाडौँबाट प्रभावित क्षेत्र प्रस्थान गरेको छ । गत १७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिमका अधिकांश नागरिक घरबाहिर छन् । पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न ९एमाले०केन्द्रीय टोली ३ मङ्सिर आइतबार त्यसतर्फ प्रस्थान गरेको हो । पार्टी केन्द्रीय सदस्य किरण पौडेलको संयोजक रहेको सो टोलीलाई शनिवारै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्माण सामग्री हस्तान्तरण गरेर बिदाइ गर्नुभएको थियो ।
बिदाइ कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य रघु पन्त, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरूको उपस्थिति थियो । भूकम्पले १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
