अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

मंसिर ७ मा ओली र प्रसाईँ पक्षबीच भिडन्त हुन दिँदैनौँ: सुरक्षा प्रमुखहरु

बिआरटीनेपाल २०८० मंसिर ३ गते ६:१७ मा प्रकाशित

एमालेको भातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते एकै दिन काठमाडौँमा गर्ने प्रर्दशनको सुरक्षा संवेदनशीलताबारे गृह मन्त्रालयमा आइतबार छलफल भएको छ। आइतबार गृहसचिव दिनेश भट्टराईले काठमाडौँ, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर छलफल गर्नुभएको हो । एमाले अध्यक्ष केपी ओली पक्षधर र व्यवसायी दुर्गा प्रसाईँ पक्षधरबीच झडप र भिडन्तको अवस्था आउन नदिन चनाखो रहनेबारे सुरक्षा प्रमुखहरुबीच कुराकानी भएको स्रोतले जानकारी दिएको छ।

प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरुसँग उपत्यकाको सुरक्षास्थिति र मंसिर ७ गते गर्ने भनिएको दोहोरो प्रर्दशनबारे कुराकानी भएको हो। सचिव भट्टराईले दुई पक्षबीच झडप नहुने गरी प्रर्दशनको व्यवस्था मिलाउन र अन्य खालका सुरक्षा संवेदनशिलताबारे सचेत रहन निर्देशन दिनुभएको छ । उपत्यकाका खासगरी दुई जिल्ला काठमाडौँ र ललितपुरका प्रजिअ तथा सुरक्षा प्रमुखहरुले प्रदर्शन गर्न पाउने अधिकारको रक्षा गर्दै प्रसाईँ र युवा संघ पक्षधरबीच कहिँ कतै मुठभेडको अवस्था आउन नदिन चनाखो रहने बैठकका क्रममा बताएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय