अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:११ | Colorodo: 11:26

नेपाल इन्टरनेशनल वुमेन्स फिल्म्स फेस्टिबल हुने

बिआरटीनेपाल २०८० मंसिर ३ गते ५:४५ मा प्रकाशित

इन्टरनेशनल एशोसिएशन अफ वुमेन इन रेडियो एण्ड टेलिभिजनको आयोजनामा मंसिर ९ गते तेस्रो आइएडब्ल्युआरटी नेपाल इन्टरनेशनल वुमेन्स फिल्म्स फेस्टिबल हुने भएको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

नेपाल चलचित्र विकास बोर्डको हलमा हुने फेस्टिबलमा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकहरुको उपस्थिति रहनेछ । महोत्सवमा नेपाल लगायत विभिन्न देशका महिला निर्देशकहरुको सहभागिता रहनुकासाथै विभिन्न महिला निर्देशकहरुले निर्देशन गरेका सिनेमाहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवमा आईएडब्ल्युआरटी नेपाली सर्ट मुभि कम्पिटिशनका विजेताहरुलाई अवार्ड प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय