अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

दलहरूकै कारण गणतन्त्रमाथि प्रश्न चिन्ह उठेको छः नेता कोइराला

बिआरटीनेपाल २०८० मंसिर १ गते ७:०५ मा प्रकाशित

नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले अहिलेको अवस्थाले गर्दा जनतामा निराश छाएको बताउनुभएको छ । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा। कोइरालाले जनतामा निराशा छाउनुको मुख्य कारण गणतन्त्रको सही सदुपयोग गर्न नसक्दा यो अवस्था आएको बताउनुभयो । गणतन्त्र आफैँमा खराब नभएको र यो व्यवस्था राम्रो रहेको बताउँदै, डाक्टर कोइरालाले भ,न्नुभयो ‘गणतन्त्र ल्याउनका लागि हामी सबैले आन्दोलन गर्यौ। तर, हामीले के का लागि आन्दोलन गरेका थियौँ भन्ने सबैले बिर्से जस्तो लाग्छ। भ्रष्टाचार गर्न, दण्डहीनता बढाउनका लागि गणतन्त्र ल्याएका हौँ र?’

यस्ता कुराहरूले गर्दा जनताहरू आजित र निराश भएका हुन्। गणतन्त्र आफैमा खराब होइन, गणतन्त्र राम्रो व्यवस्था भएको डाक्टर कोइरालाले प्रस्ट्याउनुभयो । उहाँले भन्नुभयो, ‘राजनैतिक दलहरुका कारणले गर्दा गणतन्त्रमा प्रश्न चिन्ह लागेको हो। यो कसरी जान्छ भविष्यले नै बताउने छ।’ कोशी प्रदेशको सरकारले बजेटपछि पूर्णता पाउने उनले बताए। प्रदेश सरकारले बजेट ल्याएपछि गति लिने उहाँको भनाइ छ। ‘सरकारलाई धेरै दिन अन्योलमा राख्न नहुने बताउँदै, डाक्टर कोइरालाले भन्नुभयो, ‘प्रदेश सरकारले पहिलो बजेट ल्याएर पास गरेपछि मात्रै सरकार बनाउनु पर्छ। मैले पहिलेदेखि भन्दै आएको छु एमालेलाई सहमतिको सरकार बनाऊँ भनेर। उहाँहरूलाई सरकार नछान भनेको थिएँ। उहाँहरूबिचमा पनि होला आफ्ना कठिनाइ । त्यही भएर सरकार छाड्नु भयो होला।’

सामाजिक सञ्जाल टिकटकलाई बन्द गर्न नेपाल सरकारले अघि सारेको कदमबारे यसलाई नियमन गर्न आवश्यक रहेको कोईरालाले बताउनुभयो। टिकटक बन्द गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको बताउँदै, डाक्टर कोइरालाले भन्नुभयो, सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने होइन कि यस कडा रुपमा नियमन गर्न सक्नुपर्छ। नियमन गर्ने धेरै उपायहरू हुँदाहुँदै बन्द गर्न हुँदैन। नियमन गर्न नसक्ने अनि हठातमा सरकारले टिकटक बन्द गर्नु गैह्र जिम्मेवार कुरा हो। अब अदालतले जे गर्ला, अदालतको निर्णय त मानेकै छौ।’

कोशी प्रदेशका मानीयहरुले काँग्रेसलाई जोगाएको बताएकोमा धन्यवाद दिँदै, डाक्टर कोइरालाले भन्नुभयो, ‘अहिले नेतृत्वहरुले प्रदेश माओवादी दिँदा काँग्रेसीजनको अनुहार कस्तो हुन्थ्यो। त्यो हामीले बुझ्न सकेनौँ हामी सशक्त रहिरहँदा हामीले त्यसलाई नजरअन्दाज गरेका हौँ। म यहाँको माननीयज्यूहरूलाई नमन गर्छु।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय