नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले मुलुकमा संघीय जनगणतन्त्र सहितको नयाँ संविधान आवश्यक भएको बताउनुभएको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःले शुक्रबार ललितपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बैद्यले अहिलेको व्यवस्थाले संघीयताका नाममा जनतालाई झुक्याउने काम भइरहेको भन्दै संघीय जनगणतन्त्रसहितको नयाँ संविधान आवश्यक भएको बताउनुभयो।
महासचिव बैद्यले अहिलेको राज्यसत्ता भत्काएर नयाँ राज्यसत्ता बनाउन जनताको साथ लिएर अघि बढ्ने जिकिर गर्नुभयो। संविधान र संसदीय व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो। बैद्यले संघीयता मान्ने तप्काहरू सरकारमा रहेपनि आवश्यक कानुन बनाउन नसकेको आरोप लगाउनुभयो। बैद्यले रवि लामिछानेको पार्टी पश्चिमा सामाज्यवादको विकल्प भएको तर्क गर्नुभयो। नेपाल संवतलाई पूर्णत कार्यान्वयनमा लैजान संघर्ष गर्नुपर्ने उहाँको भनाइ छ।
