अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

प्रधानमन्त्रीद्धारा मङ्सिर ४ मा अर्थतन्त्र सुधारका लागि बृहत् बैठक आव्हान

बिआरटीनेपाल २०८० मंसिर १ गते ६:४४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि आगामी मङ्सिर ४ गते बृहत् बैठक आव्हान गर्नुभएको छ । आइतबार तनहुँको आँबु खैरीनीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण रहे पनि अहिले क्रमशः सुधार भइरहेको बताउनुभयो ।

‘मैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो । अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘तर दबाबमुक्त भइसकेको छैन । मङ्सिर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत् बैठक बोलाएको छु ।’ उहाँ ले त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने भन्दै सोही बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याउने दाबी गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय