अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 01:57

म फेरी बगेको खोला हुनेछु

रमा दुलाल २०८० कार्तिक ३० गते १५:५१ मा प्रकाशित

कबिता

मेरो वहाबको अस्त्तित्व नकारी
मेरो मित्तेरीमा अभाब जोडी
चट्टक्क साइनो म सङ्ग तोडी
मलाई टुहुरो बनाइ
मलाई एक्लो तुल्यायौ!!
चुपचाप भए म
आफै भित्र चिच्याए म
धुरु धुरु रोए म
बिकल्प पनी त केहि थिएन
आफै मर्दै गयको
अझ भनु ,
मारिदै गएको
हेर्नु
हेरिरहे ,
अनी सहनु
सहिरहे!!
बन्द कोठा भित्र
निस्सासिनु मेरो नियती थियो
भित्र भित्रै वाफ झै वाफिनु
मेरो भाज्ञ भयो
सन्सार हेर्ने नजर
बन्द कोठाभित्र
कैद बन्यो
भित्र भित्रै
निस्सासिनु
कराउनु
उफ्रीनु
अरु के गर्न सक्थे र .. ?
केवल,
पर्खाइ थियो साचोको
चाडै आवोस
ताल्चा खोलोस
स्वतन्त्र बनाओस
मेरो अस्त्तित्वलाई
सलल बग्न देओस
मेरो पन्खलाई
फरर उडन देओस
हो,
ममा पनी त
रहरहरु छन्
म भित्र पनी त
चाहहरु छन
तिमी जस्तै
खित्का छोडेर
अट्टहास गर्न सकु
स्वतन्त्रले बाच्न सकु
तर ,
यो बन्द कोठा
अनी ,
एक्लो म
भनिन्छ्,
सपना देख्न अरु चाहिदैन्
बन्द आखाभित्र
सपना देख्नु पर्छ्
सपनामा भए पनी
हास्नु पर्छ्
तर ,
यो अध्यारो कोठामा
निद्रा पट्टकै लाग्दैन
ओल्टे -कोल्टे फेर्दै
रात बित्छ्
शायद यसरी नै
दिनहरु पनी बित्छन
साच्चै भनु भने
रात र दिनको पत्तो नै हुँदैन
यो अध्यारो कोठामा
अनी ,
सपना देख्नु पनी
सपना नै हुन्छ
भन त अब्
म कसरी सपना देखु..?
उजाड ती फाटहरुमा
अलिकती सिन्चित गर्ने रहर थियो
हावा सँगइ खुल्ला आकाश मुनि
थोरै नाच्ने उमङ थियो
मैलाई म भित्र बन्द गरि
महलहरु तिमीले ठ्ट्यायौ
अस्त्तित्व मेरो मिची मिचि
खै कसरी हो ?
बगर तिमि ले बनायौ
भो सम्झन्न अब
त्यो बन्द कोठा
तिमीलाई थाहा नै भएन
एक दिन साचो आउनेछ
साचोले ताल्छा खोल्नेछ
बन्द कोठा उज्यालो हुनेछ
सपना कती मिठो हुन्छ्
म गहिरो स्वास फेर्छु
अस्त्तित्वभित्र रमाउदै
म फेरी बगेको खोला हुनेछु!!