अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:११ | Colorodo: 22:26

अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई काँस्यपदक

बिआरटीनेपाल २०८० कार्तिक ३० गते ३:५९ मा प्रकाशित

चीनको राजधानी बेइजिङमा कात्तिक २० देखि २८ गतेसम्म भएको २७औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले काँस्यपदक हात परेको छ ।  प्रतियोगितामा नेपालका तर्फबाट दृशान्त कुमार महर्जनले उक्त पदक हात परेका हुन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी सन् २०१८ देखि अन्तर्रास्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुँदै आएको छ । यसअघि, नेपालले सन् २०१९ मा काँस्यपदक हात पारेको थियो ।

सन् २०१४ देखि सुरु भएको राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडबाट हरेक वर्ष नेपाली विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडहरुमा भाग लिँदै आएका छन् ।

नेपालले सन् २०१४ देखि अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाडमा भाग लिँदै आएको छ । नेपालले यस्ता प्रतियोगितामा हालसम्म तीन काँस्य तथा १५ अनरेबल मेन्सन अवार्ड हात परिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय