यसै महिना हुने संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा एउटा कार्य समूह गर्न सहमत भएको दुवै मुलुकले बताएका छन् ।
चिनियाँ सरकारी मिडियामा प्रकाशित तथा अमेरिकी विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा दुवै सरकारले ऊर्जा संक्रमण, मिथेन, स्रोत दक्षता, कम कार्बन, वन विनाश र दिगो प्रान्त/सहरमा ध्यान केन्द्रित गर्ने बताएका छन् । यसले दुवै मुलुकलाई ठोस जलवायु कार्यहरूलाई गति दिन वार्ता र सहयोगमा संलग्न भएको देखिएको विज्ञप्तिमा उल्लेख छ ।
नोभेम्बर ४ देखि ७ सम्म क्यालिफोर्नियाको सन्निल्यान्ड्स रिट्रिटमा अमेरिकी र चिनियाँ जलवायु दूतहरू जोन केरी र झि झेनहुवाबीच भएको कुराकानीपछि उक्त विज्ञप्ति आएको हो ।
“दुवै पक्ष मानव जातिको वर्तमान र भविष्यको पुस्ताका लागि हाम्रो समयको सबैभन्दा ठूलो चुनौतीमध्येको एकको सामना गर्नका लागि एकसाथ र अन्य पक्षहरूसँग मिलेर काम गर्न सहमत भएका छन्”, विज्ञप्तिमा भनिएको छ, “तिनीहरूले ऊर्जा नीति र रणनीतिमा द्विपक्षीय वार्ता पुनः सुरु गर्ने वाचा गरेका छन् र ऊर्जा–बचत र कार्बन घटाउने समाधानबारे नीतिगत आदानप्रदानलाई गहिरो बनाएका छन् ।”