अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

चार देशीय महिला टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित

बिआरटीनेपाल २०८० कार्तिक २९ गते ३:५९ मा प्रकाशित

नेपालका सीता रानामगरले सर्वाधिक ४३ रन जोडिन । त्यस्तै कप्तान इन्दू बर्माले १५ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । तान्जानियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

बलिङतर्फ नेपालका संगिता राईले दुई तथा पुजा महतो, रुविना क्षेत्री र इन्दु बर्माले समान एक/एक विकेट लिए । नेपालले पहिलो पटक तान्जानियासँग खेलेको हो । महिला टी–२० को विश्व वरियतामा तान्जानिया १९ औँ र नेपाल २१ औँ स्थानमा छन् । हङकङले आयोजना गरेको शृङ्खलामा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय