अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

मोरङमा आगलागीमा परेका १० जना घाइतेको हवाई उद्धार

बिआरटीनेपाल २०८० कार्तिक २८ गते ५:२० मा प्रकाशित

नेपाली सेनाले आगाेले पाेलेका १० जना घाइतेको हवाई उद्धार गरेको छ ।

यही कात्तिक २६ गते मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा रहेकाे दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज मङ्गलवार नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाण्डाै ल्याइएको हो ।

कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमवार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाण्डाै ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय