अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

टिकटक बन्द गर्ने सरकारकाे निर्णयप्रति रवि लामिछानेकाे प्रश्न– ‘नेताहरू भ्रष्ट भए पार्टी नै बन्द गरिदिने ?’

बिआरटीनेपाल २०८० कार्तिक २७ गते ४:२४ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सरकारकाे निर्णयप्रति आपत्ति जनाउनुभएकाे छ ।  सभापति लामिछानेले सामाजिक सञ्जाललाई बन्द गर्ने नभई नियमन गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मकाे होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका सबै प्रयाेगकर्ता र विषय खराब छैनन् ।प्राविधिकरूपमा खराबलाई नियन्त्रण गर्न सकिन्छ ।’

सभापति लामिछानेले सत्ताधारी दलकै नेताहरू भ्रष्ट भए पार्टी नै बन्द गरिदिने हाे त भनेर सरकारलाई प्रश्न गर्नुभएकाे छ । ‘यो निर्णय गर्ने सत्ताधारी दलकै कैयाैँ नेताहरू भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त ? मूलधारले ढोका बन्द गरेका कैयौँ प्रतिभा सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कैयौँ समाचार सामाजिक सञ्जालले उजागर गरे । आजको युगमा सामाजिक सञ्जालकाे विकल्प सुधारिएकाे सामाजिक सञ्जाल हाे, उहाँले लेख्नुभएकाे छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय