अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

गोल्डस्टार कम्पनीले दियो भूकम्पपीडितलाई १० हजार जुत्ता चप्पल

बिआरटीनेपाल २०८० कार्तिक २६ गते ५:०७ मा प्रकाशित

गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार एक सय ५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक विदुषी राणाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई थप सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय