अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 17:01

लामो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस भयाे : प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० कार्तिक २५ गते ५:३० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्वतलाई व्यवहारमा लागू गर्ने बताउनुभएको छ।शनिबार पद्मरत्न तुलाधर राष्ट्रिय स्मृति प्रतिष्ठान र पद्मरत्न लुमन्ति गुथिद्वारा आयोजित पद्मरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सम्वतलाई नेपाल सरकारका दस्तावेजमा लेख्ने बताउनुभएको हो ।

‘पहिलो पटक प्रधानमन्त्री हुँदा मैले नेपाल सम्वतलाई राष्ट्रिय सम्वत् घोषणा गरेँ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,’अब भनेर मात्र भएन व्यवहारमा कार्यन्वयन पनि गर्नुपर्‍यो। अब राष्ट्रिय सम्बत् नेपाल सरकारका दस्तावेजमा लेख्ने गरी, माइन्युटमा लैजाने प्रतिबद्धता व्यक्त गर्दछु।’ उहाँले पद्मरत्न तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनको अग्रज भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले पुराना पार्टी, गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस भइरहेको बताउनुभयो । उहाँले लामो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्रमाथि तल्लो स्तरमा उत्रेर प्रश्न उठाउने दुस्साहस भइराखेको टिप्पणी गर्नुभयो । ‘अहिले विभिन्न कोणबाट लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धि माथि, गणतन्त्र र लोकतन्त्रमाथि पनि एकथरी मान्छेहरुले बडो तल्लोस्तरमा उत्रिएर प्रश्न उठाउने दुष्साहस गरेका छन्।’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यति ठूलो र लामो संघर्ष र बलिदान, पार्टी पुराना र नेताहरुको विचारको योगदानबाट स्थापित संघीय गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस भइरहेको छ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय