अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३६ | Colorodo: 20:51

देश अझै आर्थिक दबाबमा छ : प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० कार्तिक २३ गते ७:०९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश अझै आर्थिक दबाबमा रहेको बताउनुभएको छ । बिहीवार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रका धेरैजसो सूचकहरु सकारात्मक हुन गए पनि अझै पनि आर्थिक दबाब कायम रहेको उल्लेख गर्नुभयो । उहाँले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताउनु भयो । उहाँले देशमा विद्यमान चुनौतीहरुलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने बताउनु भयो । उहाँले आर्थिक दबाब चिर्नका लागि रणनीतिक कदम चाल्नुपर्ने महसुस भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामीले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढिरहेको सन्दर्भमा देशमा विद्यमान चुनौतीहरुलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ । अहिले अर्थतन्त्रका धेरैजसो सूचकहरु सकारात्मक हुन गए पनि अझै पनि हामी आर्थिक दबाबमा छाैँ । यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने कुरा हामीले महसुस गरेका छौँ । भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार अघि बढिरहेको छ ।’

प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकताका साथ पहलकदमी लिएको दाबी गर्नुभयो । उहाँले २०७२ को भूकम्पबाट सिकेको पाठबाट यस पटक पुन:स्थापना  र पुनःनिर्माणको कामलाई व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय