अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२० | Colorodo: 16:35

भूकम्प पीडितलाई राहत वितरणमा सरकारको ढिलासुस्ती : झलनाथ खनाल

बिआरटीनेपाल २०८० कार्तिक २३ गते ६:३१ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता खनालले सरकारले एकद्वारा प्रणालीबाट उद्धार र सेवा कार्य गर्ने भनेपनि राहत वितरणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले महिला, वृद्धवृद्धा र बालबालिकाले राहत तथा खानपिन नपाएको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

नेता खनालले सुत्केरी महिलाले त्रिपालसम्म नपाएको गुनसो आइरहेको भन्दै सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले राहत वितरणमा सरकारले देखाएको ढिलासुस्ती आपत्तिजनक रहेको बताउनुभयो ।पूर्वप्रधानमन्त्री खनालले नेपाल भूकम्पको जोखिममा रहेको उल्लेख गर्दै सरकारले आवश्यक पूर्वयोजनाका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय