अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता

बिआरटीनेपाल २०८० कार्तिक २३ गते ६:२८ मा प्रकाशित

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुभएको छ । सचिव छुङछेङले बिहीबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटवार्ता गर्नुभएको हो ।

भेटमा उहाँसहित भ्रमण दलका सदस्यहरु र नेपालका लागि चिनियाँ राजदुत छन् सोङसमेत रहनुभएको थियो । भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले सचिव छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल दाहालको चीन भ्रमणको बेलामा भएका सम्झौता र समझदारीहरुलाई कार्यान्वयनको वातावरण बनाउन आफू नेपाल भ्रमण आएको बताउनुभएको जानकारी दिनुभयो ।

भेटवार्ताका क्रममा द्धिपक्षिय सम्बन्ध, आर्थिक विकास, नाकाहरु सञ्चालन गर्ने, व्यापारलाई अभिवृद्धि गर्ने लगायतको विषयमा कुराकानी भएको उहाँले बताउनुभयो । त्यस्तै चिनियाँ उद्यमीहरुले नेपालको ऊर्जा र उद्योगको क्षेत्रमा लगानी गर्न चाहेकाले नेपालमा लगानीको वातावरण बनाउने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

भेटवार्ताका क्रममा दुई देशको हवाइ सेवालाई नियमित गराउँदै ल्हासा र चीनका विभिन्न सहरहरुमा पोखराबाट सिधै हवाइ उडान गर्ने विषयमा पनि कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय