अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७
| Colorodo: 11:32
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली नेपाल आइपुगेको छ । पाँच दिने भ्रमण योजनासाथ साथ आएको टोली आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।
उक्त टोलीलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गर्नुभएको थियो । वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् । उक्त भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नेछ ।
चिनियाँ नेता वाङ शुक्रबार पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्ने साथै चीन-नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।
