अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

राष्ट्रपति पौडेलले भूकम्पपीडितको सहयोगका लागि एक महिनाको तलब दिने

बिआरटीनेपाल २०८० कार्तिक २२ गते ५:२६ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको सहयोगका लागि एक महिनाको तलब दिने घोषणा गर्नुभएको छ । राष्ट्रपति पौडेलले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको तलब उपलब्ध गराउने राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

जाजरकोट केन्द्र बनाएर गएको भूकम्पपीडितको राहतको लागि राष्ट्रपति पौडेलले सो कोषमा रकम प्रदान गर्ने राष्ट्रपतिको चिवालयले जनाएको छ । मंगलबार राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र पुग्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय