राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमणकालिन न्यायसम्बन्धि विधेयकमा दलहरु मिलेर मात्रै नपुग्ने बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले पीडित पक्ष र अधिकारकर्मीहरुलाई सहमत गराएर मात्रै राजनीतिक दलहरुले छिटो उक्त विधेयकलाई टुंगोमा पु¥याउनुपर्ने बताउनुभएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले विधेयकलाई निरन्तर छलफल गरेर टुंगोमा पुर्याउने काममा दलहरु आफैँ जिम्मेवार नदेखिएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।अध्यक्ष तिमिल्सिनाले विधेयक बनाउँदा गम्भिर अपराधमा संलग्नहरुलाई आममाफी दिन नहुने पनि स्पष्ट पार्नुभयो ।
उहाँले संक्रमणकालिन न्यायसम्बन्धि विधेयकमा दलहरुका साथै पीडित तथा अधिकारकर्मीहरु समेत मिल्नुपर्नेमा जोड दिनुभएको हो । अध्यक्ष तिमिल्सिनाले दलहरुकै कारण संविधानमा व्यवस्था गरिएको मौलिक हकसँग सम्बन्धित कानूनसमेत हालसम्म निर्माण हुन नसकेको पनि पटकपटक दोहोर्याउनुभयो ।
