अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 08:16

लगातारको शीतलहरबाट उत्तरी चीनको जनजीवन प्रभावित

बिआरटीनेपाल २०८० कार्तिक २२ गते ५:१३ मा प्रकाशित

उत्तर र उत्तरपूर्वी चीनमा तिब्र हावा र भारी हिमपात शुरु भएसँगै जनजीवन प्रभावित बनेको छ । जटिल मौसमी अवस्थाको सामना गर्न चीनको उत्तरपूर्वी प्रान्तहरूले तयारी थालेका छन् । उनीहरुले सुरक्षा सुनिश्चित गर्न आवश्यक काम अघि बढाएका छन् ।

हेइलोङजियाङ प्रान्तको राजधानी हार्बिनमा हिउँ र बरफ हटाउने कार्यका लागि ८९ हजार भन्दा बढी सरसफाइ कर्मचारीहरूका साथै मेसिनरी र उपकरणहरू परिचालन गरिएको छ ।

लिओनिङ प्रान्तमा सोमवार रातिसम्म करिब २० हजार हिउँ हटाउने सवारी साधन र उपकरणसहित करिव १ लाख २० हजार मानिस परिचालन गरिएको थियो । उत्तरी चीनमा आगामी तीन दिनसम्म शीतलहर जारी रहने मौसमविद्ले  बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू