अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

वर्तमान राजनीतिक व्यवस्था जोगाउन एकता आवश्यक : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८० कार्तिक २१ गते ५:२७ मा प्रकाशित

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरुका बिचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।मंगलबार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउनका लागि पार्टीहरुका बीचमा आपसी सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको हो । उहाँले जनजीविकाको सवालमा पार्टीहरुले देश र जनताको हितलाई सर्वोपरी राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तनको आवश्यक नभएको पनि बताउनुभयो । उहाँले वर्तमान व्यवस्थामा सुधारको भने खाँचो रहेको औँल्याउनुभयो । अध्यक्ष नेपालले देशमा भ्रष्टाचार, विकृति र विसंगतिहरुको अन्त्य गर्दै जनताको अवस्थामा पनि आमुल परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय