अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुहुन्छ : प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० कार्तिक २१ गते ५:२४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेता एक ठाउँ उभिएको बताउनुभएको छ ।आज मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले यस्ताे बताउनुभएकाे हाे । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरूको समीक्षात्मक बैठक निरन्तर राख्नेबारेमा पनि एकमत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको आधुनिक राजनीतिक इतिहासका सन्दर्भमा देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरूको समीक्षात्मक बैठक थियो । यो बैठकमा राम्रो कुरा के भयो भने संविधानप्रति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिबद्धता व्यक्त भयो ।’ प्रधानमन्त्री प्रचण्डले बैठक कसैसँग डराएर नभई समीक्षा गर्नका लागि बसेको उल्लेख गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय