राजनीतिक दलका नेताहरूविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईसँग नेपाल प्रहरीको साइबर ब्यूरोले सोधपुछ गरेको छ । प्रहरीले बोलाएपछि प्रसाईँ आइतवार दिउँसो भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुग्नुभएको थियो ।प्रसाईँले दिएका अभिव्यक्तिका सम्बन्धमा उनीसँग सोधपुछ भएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रसाईँले हालसालै मात्र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लगानी गरेको अभिव्यक्ति दिनुभएको थियो । प्रसाईँका अन्य अभिव्यक्तिलाई लिएर प्रहरीमा उजुरी परेको छ ।
प्रसाईँले कानून पालनको लागि साइबर ब्यूरामआएको र अब मंसिर ७ को तयारीमा जुट्ने बतानुभयो । ‘मलाई यहाँबाट बोलाइएको थियो । त्यसैले उपस्थित भएको हुँ । सैनिक हिरासतमा बसिसकेको मान्छे प्रहरीले बोलाउँदा किन डराउनु रु’ दलबलसहित साइबर ब्यूरोको कार्यालय पुगेका प्रसाईँले भन्नुभयो । प्रसाईँले मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्दैहुनुहुन्छ । त्यसका लागि विभिन्न जिल्लाबाट मानिस ल्याउने तयारी उहाँले गर्नुभएको छ ।
