अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 10:46

जाजरकोट भुकम्प पीडितका लागि एनआरएनएद्धारा १ करोड १० लाखको राहत कोष स्थापना

बिआरटीनेपाल २०८० कार्तिक १८ गते ८:४० मा प्रकाशित

भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघले तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर प्रभावित स्थानमा जाने निर्णय पनि गरेको छ । बैठकले अध्यक्ष डा बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरि पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रति परिवार १० हजारका दरले खाद्यान्न तथा लत्ताकपडा वितरण गर्ने निर्णय समेत गरेको छ ।

राहत वितरण समितिमा अध्यक्ष डा। केसीसहित महिला उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज कुमार श्रेष्ठ ९गोर्खाली०, सहकोषाध्यक्ष अभिमन्यु बस्नेत र कृष्ण प्रसाद तिमल्सिना, एनसीसी बेल्जियमकी महासचिव रुबिना शर्मा, पूर्व आइसीसी सदस्य धर्मराज गिरि, लोकराज शर्मा ९डेनमार्क० विक्रम केसी९रसिया, सीता खतिवडा रहनुभएको छ । यस्तै, कोषध्यक्ष सुदन थापाको संयोजकत्वमा सह कोषाध्यक्षहरु कृष्ण प्रसाद तिमल्सिना, अभिमन्यू बस्नेत, तिलक प्रसाद गैरे र अमृता थापा ९कञ्चन० रहने गरि राहत कोष संकलन समिति गठन गरिएको छ ।

बैठकले संघका राष्ट्रिय समन्वय परिषद्लाई समेत राहत कार्यमा परिचालन गर्न उपाध्यक्ष तथा क्षेत्रीय संयोजकहरुलाई जिम्मेवारी तोकिएको छ । एसिया क्षेत्रको संयोजनको लागि रोबिन शेरचन र हरि भट्टराई, अमेरिकाज क्षेत्रमा महासचिव गौरीराज जोशी, डा केशव पौडेल र वेदराज बस्नेत, अफ्रिका क्षेत्रमा रामशरण सिंखडा र पुष्पराज भट्टराई, यूरोप क्षेत्रमा डा हेमराज शर्मा र डा चिरञ्जीवी खड्का, ओसियाना क्षेत्रमा डा विनोद श्रेष्ठ र दिनेश पोखरेल, मध्यपूर्व क्षेत्रमा राज रेग्मी र राजेन्द्रकुमार अर्याल, युवा तथा महिला परिचालनका लागि रोशन थापा, सुपेन्द्र घिसिङ, रोजिना प्रधान राई, टिका गुरुङ र अनुजा प्रधानलाई जिम्मेवारी तोकिएको हो ।

बैठकले स्वास्थ्य समितिलाई परिचालन गरि नेपाल मेडिकल एशोसिएसनसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय भएको छ । चीन, हङकङ लगायतका राष्ट्रिय समन्वय परिषद्बाट राहतका सामाग्री तथा आर्थिक सहयोगका लागि सक्रियतापूर्वक काम सुरु भइसकेको एनआरएनएले जनाएको छ । यसका लागि संघले २४ घण्टे हटलाइन सेवा समेत सुरु गरेको छ । राहत तथा उद्धारका लागि इच्छुक एनसीसी तथा अन्य व्यक्तित्वले हटलाइन नम्बर ९७७-९८०१८६११०१ मा सम्पर्क गर्न सक्नेछन् । थप सहयोगका लागि संघको सहायक निर्देशक बन्दना शर्मालाई सम्पर्क व्यक्तिको रुपमा तोकिएको छ ।

आर्थिक सहयोग प्रदान गर्नका लागि संघले संस्थाको आपतकालीन कोषको अकाउण्ट नम्वर ०२४०१००१००००६३३, सानिमा बैंक नक्साल काठमाण्डौं, उपलब्ध गराएको छ । सहयोगदाताले स्विफ्ट नम्वर SNMANPKA  प्रयोग गर्न सक्नेछन् । गैरआवासीय नेपाली संघको नाम र लोगो प्रयोग गरी विभिन्न व्यक्तिको नामबाट अनधिकृत रुपमा आउने सूचना तथा राहत संकलनको अपिलप्रति सचेत रहनसमेत संघले सबैलाई सूचित गराएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय