अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 21:20

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठायो, १० लाख आर्थिक सहायता दिने

बिआरटीनेपाल २०८० कार्तिक १८ गते ८:१४ मा प्रकाशित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जाजरकोट भुकम्प प्रभावित क्षेत्रहरुमा स्वास्थ्यकर्मी सहितको औषधि र सहायता सामाग्री पठाएको छ। नगरपालिकाका जनस्वास्थ्य निरिक्षक रामेश्वर ढकाल सहितको ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, पाल, उद्धार सामाग्री सहित जाजरकोट गएको छ । बैठकको निर्णयानुसार जाजरकोट र रुकुम पश्चिम जिल्लालाई ५/५ लाखका दरले राहत सामाग्रीका लागि रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो ।

नगरपालिकाको आकस्मिक बैठकले भुकम्पबाट ज्यान गुमाएका प्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । नगरपालिकाले घाइते हरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै नगरपालिकाबाट समेत सो कार्यका लागि सामाग्री र टोलि पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय