अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 12:48

फाइनल खेलको टिकटबाट उठेको ५० प्रतिशत रकम भूकम्प पीडितलाई

बिआरटीनेपाल २०८० कार्तिक १८ गते ४:५७ मा प्रकाशित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ।क्यानले आइसीसी विश्वकप टी–२० को एसिया छनोट अन्तर्गत आइतबार हुने फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गर्ने भएको छ।क्यानले आज विज्ञप्ती जारी गर्दै आइतबार नेपाल र ओमानबीच त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुने फाइलन खेलको टिकट बिक्रीबाट उठेको रकमको आधा रकम भूकम्पपिडितलाई सहयोग गर्ने निर्णय गरेको हो।

क्यानले भूकम्पबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय