अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२१ | Colorodo: 20:36

‘पुतली बाजे’ / कोलिन स्मिथको निधन

बिआरटीनेपाल २०८० कार्तिक १८ गते ४:०६ मा प्रकाशित

‘पुतली बाजे’ का रूपमा चिनिने कोलिन स्मिथको ८७ वर्षको उमेरमा शनिबार पोखरामा निधन भएको छ । नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदान दिनुभएका उहाँको ८७ वर्षको उमेरमा पोखरामा हरियोखर्क अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेपालमा पाइने पुतलीहरूको अभिलेखीकरण गर्नेमा उहाँको नाम पहिलो नम्बरमा आउँछ । स्मिथले नेपालमा पुतलीको खोजीमा ५० वर्ष बिताउनुभयो । उहाँले साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरको उपचार गराइरहनुभएको थियो । स्वास्थ्य बिग्रँदै गएपछि पोखराको हरियोखर्क अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्मरण शक्तिसमेत घटेको थियो ।

वि।सं। २०२२ मा बेलायतबाट स्मिथ नेपालमा आउनुभएको थियो। युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालय अध्यापन गराउने क्रममा उहाँ युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर आउनुभएको थियो  । उहाँले गोरखाको अमरज्योतिमा पढाउनुभएको थियो  । स्मिथले डोरोथी मिरोकोसँग सहकार्य गरेर पुतली संग्रहालयका लागि पुतली संकलन गर्नुभएको थियो । नेपालको प्राकृतिक विज्ञान संग्रहालयमा राखिएको पुतली उहाँले संकलन गरेका हुन् । उक्त संग्रहालय स्थापनाका लागि स्मिथले २५ हजारभन्दा बढी पुतली संकलन गरिदिए । त्यही मेसोमा उहाँले मुलुकका ४० भन्दा बढी जिल्लाहरू घुम्नुभएको थियो । स्मिथले लामो समय पुतलीको अध्ययन र अनुसन्धानमै बिताउनुभएको थियो  ।

जीवनको ऊर्जाशील समय नेपालमा खर्चेका स्मिथ नेपाली नागरिकता चाहनुहुन्थ्यो। योगदानको कदर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६ मंसिर १६ मा मानार्थ नेपाली नागरिकता प्रदान गर्दा उहाँ औधी खुसी बन्नुभएको थियो । नेपाल सरकारले मानार्थ नागरिकता प्रदान गरेको उहाँ तेस्रो व्यक्ति हुनुहुन्थ्यो । त्यसअघि अन्वेषक एवं भूगोलविद् टोनी हेगन र पर्वतारोही एडमन्ड हिलारीलाई नेपाल सरकारले मानार्थ नागरिकता दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय