अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

भूकम्प प्रभावितको उद्धारमा जुट्न कार्यकर्तालाई देउवाको आग्रह

बिआरटीनेपाल २०८० कार्तिक १८ गते ३:४२ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्प प्रभावितको उद्धार र राहतको व्यवस्था तत्काल मिलाउन सरकारसंग आग्रह गर्नुभएको छ । उहाँले प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न र प्रभावित क्षेत्रमा मानवीय सहायता पु–याउने प्रबन्ध गर्न पनि आग्रह गर्नुभएको छ ।

उहाँले यस कठिन घडीमा कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुनःनिर्माणमा जुट्न निर्देशन पनि दिनु भएको छ । नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार र राहतकालागि तत्काल ५० लाख रुपैया दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय