अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

कोशीमा माओवादीका उप्रेती र एकीकृत समाजवादीका जगेबु मन्त्री नियुक्त

बिआरटीनेपाल २०८० कार्तिक १७ गते ७:०३ मा प्रकाशित

कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले नेकपा ९माओवादी केन्द्र०का गणेश उप्रेती र नेकपा ९एकीकृत समाजवादी०का कमलप्रसाद जगेबुलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेको विरोधका बाबजुद कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु उप्रेती र जगेबुलाई मन्त्री बनाउने निर्णय गर्नुभएको हो ।

‘माओवादी र एकीकृत समाजवादीका नेताहरुलाई मन्त्रीमा नियुक्त गरेको छु’, मुख्यमन्त्री कार्कीले भन्नुभयो,’केही समयमा शपथग्रहण हुन्छ’ । एमालेले आफू र कांग्रेसका संसदलाई मात्रै मन्त्री बनाउनु पर्ने धारणा राख्दै आएको थियो । मुख्यमन्त्री कार्कीले नयाँ सरकार बनेको २० दिन भइसकेको र गठबन्धनका सबै तर्फबाट सबैलाई समेट्ने दबाब रहेको जवाफ दिनुभएको थियो ।

एमालेले कांग्रेस बाहेकका अन्य दललाई सरकार सहभागी गराए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । कार्की नेतृत्वको सरकारमा एमालेको प्रदेश सभाको उपनेता राम राना मन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय