अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 10:25

गाजा शहरलाई आफ्नो सेनाले घेरा हालेको इजरायलको दाबी

बिआरटीनेपाल २०८० कार्तिक १७ गते ६:२४ मा प्रकाशित

इजरायलले प्यालेस्टाइनको गाजा शहरलाई आफ्नो सेनाले घेरा हालेको दाबी गरेको छ । गाजा शहरको सम्पूर्ण भागलाई आफ्नो सेनाले घेरा हालेको दाबी गर्दै इजरायलले हमास लडाकु समुहको अखडालाई निशाना बनाइरहेको दाबी गरेको हो ।हमासको सुरक्षा पोष्ट, मुख्यालय र अन्य पूर्वाधारहरुमाथि इजरायली सेनाले भिषण बमबारी गरिरहेको छ ।

हमासको भूमिगत सुरुङ र रकेट लन्चर ध्वस्त पार्न आफ्नो सेनाले कारबाही गरिरहेको बताउँदै इजरायलले गाजा क्षेत्रका सर्वसाधारण नागरिकको क्षति सकेसम्म कम गर्नेतर्फ आफ्नो सेनाले ध्यान केन्द्रित गरेको पनि बताएको छ । तर राष्ट्रसंघका एजेन्सीहरुले भने गाजामा निहत्था नागरिकको ज्यान गइरहेको भन्दै इजरायलको आलोचना गरेका छन् ।

गाजापट्टीमा सर्वसाधारण जनताले आश्रय लिइरहेको चारवटा विद्यालयमा पछिल्लो २४ घण्टामा आक्रमण भएको राष्ट्रसंघीय एजेन्सीको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू