अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 10:34

अफगानी शरणार्थीलाई पाकिस्तान छाड्न आदेश

बिआरटीनेपाल २०८० कार्तिक १७ गते ६:२० मा प्रकाशित

पाकिस्तान सरकारले २० लाख अफगानी शरणार्थीलाई एक महिनाभित्र पाकिस्तान छाड्न आदेश दिएको छ । पछिल्लो समय पाकिस्तानमा भएका ठुला ठुला आत्मघाती विस्फोटका घटनामा अफगानी शरणार्थीको हात रहेको दावी गदै उनीहरुलाई तत्काल पाकिस्तान छाड्न भनिएको छ ।सयुंक्त राष्ट्र शरणार्थी उच्च आयोग युएनएससीआरका अनुसार पाकिस्तानमा ४० लाख बढी अफगानी शरणार्नीहरु रहेका छन् जसमा कतिपय शरणार्थीको जन्मनै पाकिस्तानमा भएको हो ।

करिव २० लाख बढी शरणार्थी ४० वर्षदेखि पाकिस्तानमा बस्दै आएका छन् । खैवर जनजाती बसोवास रहेको जिल्लाका अब्दुल नासिर खानका अनुसार अफगान तोरखम सीमाबाट करिव २४ हजार अफगानी बुधबार आफ्नो देश प्रवेश गरेका छन् ।यता पाकिस्तान सरकारले बुधवारसम्म करिव दुइ लाख बढी शरणार्थीले आफ्नो इच्छाले पाकिस्तान छाडेर अफगानस्थान जानुका साथै तीन लाख सीमामा रहेको जनाएको छ ।

अफगानी शरणार्थीहरुले सुरक्षाबलले आफुहरुको सामान समेत निकाल्न नदिइ आफुहरुको घरमा बुलडोजर चलाएका कारण ससाना बच्चासहित भोकभोकै कैयो किलोमिटरसम्म हिडेरै सीमामा आउनु परेको आरोप लगाएका छन् । यता सयुक्त राष्टसंघ लगायत पश्चिमी देशहरुले भने पाकिस्तान सरकारलाई जवरजस्ती शरणार्थीहरुलाई निर्वासित नगर्न आग्रह गरको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू