अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

विद्युतीय व्यापार विधेयक राष्ट्रियसभाबाट पारित

बिआरटीनेपाल २०८० कार्तिक १६ गते ८:५७ मा प्रकाशित

राष्ट्रियसभाले ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक २०८०’ पारित गरेको छ । आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा विधेयक सर्वसम्मतिले पारित भएको हो । सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विधेयक प्रस्तुत गर्नुभएकाे थियाे । उद्योगमन्त्री रिजालको प्रस्तावलाई सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच राष्ट्रियसभा बैठकमा चालु अधिवेशन अन्त्यसम्बन्धी जानकारी गराइएको छ । सभाका अध्यक्ष तिमिल्सिनाले चालु अधिवेशन अन्त्यसम्बन्धी जानकारी गराउनुभएकाे हाे । उहाँले राष्ट्रियसभाको चालु १४ औँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने घोषणा गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय