अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 10:35

रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता वार्ताका लागि म्यान्मारको टोली बंगलादेशमा

बिआरटीनेपाल २०८० कार्तिक १५ गते ६:५९ मा प्रकाशित

लामो समयदेखि रोकिएको स्वदेश फिर्ता योजनाअन्तर्गत रोहिङ्ग्या शरणार्थीहरूलाई भेट्न म्यान्मारका अधिकारीहरू बंगलादेश पुगेका छन् । बंगलादेशमा झण्डै दश लाख रोहिङ्ग्या शरणार्थीहरू छन् । उनीहरुमध्ये धेरैजसो सन् २०१७ मा म्यान्मारको सेनाको हिंसात्मक कारबाहीपछि भागेका हुन् ।राज्यविहीन र उत्पीडित अल्पसङ्ख्यक रोहिङ्ग्या शरणार्थी भिडभाड, खतरनाक र कम स्रोतसाधन भएका उद्धार शिविरमा बसेका छन् । उनीहरूको स्वदेश फिर्तीका लागि पछिल्ला थुप्रै प्रयास भए पनि सफल भइरहेको छैन ।

म्यान्मारले अप्रिलमा बंगलादेश र चीनबीच त्रिपक्षीय बैठकमा स्वदेश फिर्ता योजनाअन्गर्तत डिसेम्बरसम्ममा तीन हजार शरणार्थीलाई फिर्ता लैजाने योजना बनाएको एएफपीले जनाएको छ । म्यानमारले उनीहरुलाई फिर्ता लैजान चाहे पनि यस अघिको त्रासदीपूर्ण घटनाका कारण शरणार्थीहरु अहिलेकै अवस्थामा म्यानमार जान तयार नभएका बंगलादेशका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू