अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

गंगामाया भेट्न पुगेका लेनिन बिष्टलाई प्रहरीले वीर अस्पतालमै थुन्यो

बिआरटीनेपाल २०८० कार्तिक १४ गते ७:२९ मा प्रकाशित

पूर्व बाल सैनिकको दावी गर्दै आएका लेनिन बिष्टलाई प्रहरीले वीर अस्पतालमा नियन्त्रणमा लिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमणको अवसर पारेर द्वन्द्वकालीन विषय उठाएका बिष्टलाई गंगामाया अधिकारी भेट्न पुगेको अवस्थामा वीर अस्पतालमै राखेको हो।

बिष्टसहित द्वन्द्व प्रभावित भोजराज तिमिल्सिनालाई पनि प्रहरीले वीर अस्पतालको हलमा थुनेको हो। बिष्टले भने, ‘गंगामायालाई भेट्न आएका थियौँ। यहाँ आएपछि हामीलाई हलमा थुनेर राखिएको छ। प्रहरी ठूलो समूहले हामीलाई घेरेका छन्।’ प्रहरीले माथिको आदेशअनुसार गतिविधिमा नियन्त्रण गरेको आफूलाई बताएको बिष्टले दाबी गरे।

वीर अस्पताल जानुअघि द्वन्द्व प्रभावितहरुले माइतिघर मण्डलामा प्रर्दशन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय