अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

नेपाली सेनाप्रति घृणा फैलाएकाे आराेपमा डिल्लीराम खनाल पक्राउ

बिआरटीनेपाल २०८० कार्तिक १४ गते ७:१९ मा प्रकाशित

सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् । विगत केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक लगायतका माध्यमबाट नेपाली सेनाबारे जथाभाबी सामग्री लेखेर घृणा फैलाएको आरोपमा झापाकाे दमक घर भई अहिले काठमाण्डौ बस्दै आएका डिल्लीराम खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

सेनाको आग्रहमा खनाललाई पक्राउ गरेर अदालतमा पेस गरिएको र सात दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय