अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

”महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सहज हुने छ” – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० कार्तिक १२ गते ७:०५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ । आइतबार सिंहदरबारस्थित कार्यकक्षमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटपछि उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको हो । नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमणबाट त्यसलाई टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय समूदायको पनि महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले त्यस अवसरमा जलवायु परिवर्तनले नेपालमा पारेको असर न्युनिकरणका लागि महासचिव गुटेरेसले ।खेल्नुभएको भुमिकाको उच्च प्रशंशा गर्दै आगामी दिनमा अझ धेरै सहयोगको पनि अपेक्षा गरिएको बताउनुभयो । उहाँले महासचिव गुटेरेसको नेपाल भ्रमणबाट मुलुकको समृद्धि र विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

महासचिव गुटेरेसले आफूसँग विश्व शान्तिका लागि नेपाली सेना र नेपाल प्रहरीले खेलेको भुमिकाको प्रशंशा गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा उनीहरुको योगदानको उचित सम्मान हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय