अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

काठमाडौँबाट राष्ट्रसंघका महासचिव गुटेरेसको आह्वानः ”इजरायल र हमासबीच युद्धविराम हुनुपर्छ”

बिआरटीनेपाल २०८० कार्तिक १२ गते ६:५६ मा प्रकाशित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र हमासबीच भइरहेको युद्धविराम रोक्न आह्वान गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका गुटेरेसले काठमाडौँ पत्रकार सम्मेलनमार्फत् दुवै पक्षलाई युद्ध रोक्न अपिल गर्नुभएको हो । गाजा क्षेत्रमा भइरहेको युद्धका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै तत्काल आक्रमण रोक्न गुटेरेसले सुझाव दिनुभयो।

युद्धरत पक्षको ध्यानाकर्षण गर्दै उहाँले भन्नुभयो, ‘संसारले हाम्रो आँखा अगाडि मानवीय प्रकोप भइरहेको देखिरहेको छ। कतै जान सुरक्षित ठाउँ नपाएका २० लाखभन्दा बढी मानिसलाई बाँच्नका लागि आवश्यक खाना, पानी, आश्रय र चिकित्सा हेरचाहबाट वञ्चित गरिएको छ। गाजाका मानिसहरुका लागि मानवीय सहयोगका लागि पनि युद्धविराम जरुरी छ।’

उहाँले बिग्रदै गएको गाजा क्षेत्रको अवस्थाप्रति चिन्ता व्यक्त गर्दैै आक्रमणप्रति खेद जनाउनुभयो। गुटेरेसले भन्नुभयो, ‘मानवीय सहायताका लागि पनि विश्राम जरुरी छ। तर इजरायलले आक्रमण गरिरहेको छ यसप्रति म खेद प्रकट गर्दछु।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय